पौष २१ गते शुक्रबार दुई नेपाल फिल्महरु प्रदर्शनमा आएको छन् । अल नेपाल प्रदर्शनमा आएका राज्जा रानी र फिर्के भिन्न भिन्न विषयका फिल्म हुन् । फ्राइडे रिलिज फिल्म बारे छोटकरीमा चर्चा गरौं । राज्जा रानी याम थापाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा नायिका केकी अधिकारी र नायक नाजिर हुसेन शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । तराईमा व्याप्त दाइजो प्रथा विरुद्धको विषयलाई उठान गरेको यो फिल्मलाई प्रिमियरमा रुचाइएको छ । रमेश एमके पौडेल निर्मित फिल्म मैथिली भाषामा पनि प्रदर्शन हुँदैछ । केकी र नाजिर सँगै राज्जा रानी मा दिपक क्षेत्री, कामेश्वर चौरसिया, संगीता नापित र नायिका रेखा थापाको अतिथि भूमिका छ ।

फिर्के रवि डंगोल उर्फ तीतो सत्यका काँ बैमान को निर्देशनमा बनेको फिल्म फिर्के मा दर्जन बढी हाँस्य कलाकारहरुको अभिनय रहेको छ । ईकु अर्थात सुलेमान शंकर निर्मित फिल्ममा उनी सहित अर्पण थापा, क्रिष्टिना पौडेल नायिका ऋचा शर्माको अतिथि भूमिका छ । गाउँबाट शहर पसेको बेरोजगार युवाको कथा प्रस्तुत गरिएको फिल्म हाँस्य रसको छ ।

For More videos Log on to Mazzako TV