kamalkrishnaबैशाख २६ गते रिलिज हुने नेपाली कथानक चलचित्र ‘दमदार’को आईतबार काठमाण्डौंमा अडियो तथा प्रोमो रिलिज गरिएको छ । चलचित्रको मुख्य आर्कषको रुपमा निर्देशक कमलकृष्णले नायिका रेखा थापालाई नै मानेका छन् । ‘रेखा थापाको कारणले गर्दा पनि चलचित्र चल्छ भन्नेमा ढुक्क छु’, निर्देशकको भनाई यस्तो छ ।

त्यसतै चलचित्रको आईटम गीत ‘जिकज्याक जवानी’ मा अर्चना देलालले गरेको नृत्यको पनि उनी खुलेरै तारिफ गरिरहेका छन् । चलचित्रमा भिन्नै गेटअप सहित खलपात्रको रुपमा निर्देशक कमलकृष्ण स्वयं देखा परेका छन् ।

चलचित्र ‘दमदार’मा रेखा थापा, सबिन श्रेष्ठ, बासु पुडासैनी मुख्य भुमिकामा देखा पर्नेछन् । एक्सन प्रधान चलचित्र ‘दमदार’मा चन्द्र पन्तको द्वन्द निर्देशन रहेको छ भने सौरभ लामाले चलचित्रको छायांकन गरेका हुन् ।

चलचित्रलाई नवराज शर्माले लेखेका हुन् । चलचित्रको सुटिङ्ग झापा, काठमाण्डौं र भारतको सिलगुडी लगायतका ठाँउहरुमा गरिएको हो ।

त्यस्तै ‘दमदार’को अडियो लन्चमा कमलकृष्णले आफ्नो आगामी निर्देशकिय चलचित्र ‘जोडदार’ रहने पनि जानकारी गराए । चलचित्र ‘जोडदार’को निर्मातामा पनि पुन सुमन विष्ट नै रहने बताईएको छ । सुमनलाई चलचित्र निर्माणमा उमेश उप्रेतीले साथ दिनेछन् ।

चलचित्र ‘जोडदार’मा भने अमित श्रेष्ठ, अभय चन्द, प्रज्वल गिरी, जयना कुवँर लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्र ‘जोडदार’ जेठ महिनाको पहिलो सातादेखि गरिनेछ ।

For More videos Log on to Mazzako TV