फिल्म ‘मिस्टर झोले’को प्रचारकै लागि भनेर यसकी अभिनेत्री दीया पुन नेपाल आएकी छिन् । फिल्मको प्रचारमा अभिनेत्रीको अभाव खड्किरहेको समयमा दीया नेपाल आएर मिडिया दौडमा छिन् ।

यो फिल्ममा दीया अभिनेता दयाहाङ राइको जोडीको रुपमा छिन् । फिल्ममा आफ्नो भूमिका सामान्य गाउँकी यूवतीको भएको दीयाले बताएकी छिन् । दीयाले यो फिल्म औशीको रातमा जन्मिएको एक यूवाको भएको पनि खुलाएकी छिन् ।

अभिनेत्री बर्षा राउत पनि फिल्ममा भएपनि आफूलाई कहिल्यै उनीसँग डाहा नभएको दीयाले मिडिया कुराकानीमा बताएकी छिन् । पौष २८ गतेबाट रिलिज हुन लागेको फिल्मका लागि यसका निर्देशक रामबाबु गुरुङले आफूलाई अफर गरेको दीया बताउँछिन् ।

आफू बेलायतमा बसेपनि नेपाली फिल्म क्षेत्रमै निरन्तर लाग्न चाहेको उनको भनाई छ । दीया नेपाल आउँदा ‘मिस्टर झोले’लाई फाइदा होला त ?

For More videos Log on to Mazzako TV