वुधबार आयोजना भएको फिल्म ‘राज्जा रानी’को प्रिमियरमा फिल्मकी मुख्य अभिनेत्री केकी अधिकारीको खुलेरै प्रशंसा भयो । अभिनेत्री अधिकारीको अभिनयको प्रशंसा भएको यो पहिलो पटक भने होइन । केकीलाई फिल्म वा म्यूजिक भिडियोमा अभिनयको रानी नै भन्छि ।

अभिनयमा सधै अब्बल केकीले जस्तोसुकै भूमिका पनि निर्वाहा गर्न सकेकी छिन् । तर, दुर्भाग्य नै भन्नुपर्छ अभिनयकी रानी केकीको फिल्मले बक्स अफिसमा आजसम्म तहल्का मच्चाएका छैनन् ।

केकीको अभिनयको तारिफ सधै भएपनि फिल्म भने असफल छन् । केकी ‘स्वर’ फिल्मदेखि आजसम्म हिट फिल्मकै खोजीमा छिन् । शुक्रबारबाट रिलिज हुने फिल्म ‘राज्जा रानी’ले केकीको असफलताको ट्याग हटाउने विश्वास गरिएको छ ।

For More videos Log on to Mazzako TV