श्वेता खड्काको निर्माण तथा अभिनय रहेको फिल्म ‘कान्छी’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘यो जीउ दाउमा लाउने मैंले तिमीलाई मात्र हो’ बोलको गीतको भिडियो हालै सार्वजनिक गरिएको हो । गीतमा धमेन्द्र सेवनको स्वर छ । अर्जुन पोखरेलको संगीत तथा दयाराम पाण्डेको शब्द रहेको छ । भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ मा श्वेतासंगै अभिनेता दयाहाङ राई, नायिका अनु शाह र कलाकारहरु कामेश्वर चौरसिया, आशान्त शर्मा फिचरिङ भएका छन् ।


पिल्म ‘कान्छी’ को पहिलो गीत ‘चरी चट्ट परी’ गीतले मार्केटमा मज्जाको प्रतिक्रिया पाईसकेको छ ।आकाश अधिकारीको निर्देशन रहेको ‘कान्छी’ आउँदो फागुन ४ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV