नायक नरेन खड्का अभिनित फिल्म ‘स्वर्ग मेरो गाउँ’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा रोमान्स, प्रेम र एक्सनका दृश्यहरु समेटिएको फिल्म ट्रेलर हालै युटुबमा सार्वजनिक गरिएको हो । फिल्म माघ १२ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ । फिल्मले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा बोल्छ ।

फिल्मका निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँ हुन् । फिल्ममा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा अष्ट महर्जनको द्वन्द्व, गोविन्द राई कोरियोग्राफी पवन गौतमको छायांकन छ । रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाले फिल्मका गीतका स्वर दिएका छन् । फिल्मको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन् ।

https://youtu.be/h7u5WoC_SZk

For More videos Log on to Mazzako TV