1526452_299535636866460_273075898_n‘म त खोक्रो सारंगी, गीत गाउदछु रंगी बिरंगी
भाका ल्याउदछु नवै तरंगी, ब्यथा गाउदछु सबैको म त सारंगी
म त खोक्रो सारंगी, गीत गाउदछु रंगी बिरंगी’

चिटिक्क मिलेको नेपाली टोपी हातमा खोक्रो सारंगी बोकी विहिबार दिनभरि यस्तै भाका हल्दै हरिवंश आचार्य कहाँ कहाँ मात्रै पुगेनन् । दुई सानी नानीहरुलाई साथैमा लिएर एक सहयोगी सारंगी बाधकसँग सुरमा सुर मिलाउदै घरि उनी बानेश्वर चोकमा सारंगी रेटीरहेका देखिए घरि बसन्तपुरमा त घरि सिंहदरबार अगाडी । साझा बसमा पसेर सारंगी बजाउदै उनले गीत सुनाउदाँ सबै यात्रुहरु उनीसँगै भाका मिलाउदै नाचेको पनि देखियो ।

एकैछिनमा बैदेशिक रोजगार विभाग तिनकुने पुगेर विदेशिन लागेको नेपाली दाजुभाईहरुको भाका बोल्न पनि भ्याएकै छ, ठमेलमा पुगेर विदेशीहरुसँग नाच्न पनि भ्याएकै छ । सारंगी बोकेर उनले आफ्नो गीत मात्रै सुनाएनन्, सामाजिक सचेतनका कुराहरुलाई पनि गीति मन्त्र बनाए ।

‘नेताज्यु आई एम सरी, कुन देशको जालमा परि
रोप्यौ बिऊ जाती पाती, पिर लागी पोल्छ छाती
राजनितिको भएन निकास, कहिले गर्छौ देशको बिकास
सबै भन्छन आफ्नो प्रदेश, बिर्सिएलान नेपाल देश
यस्तै यस्तै पिर ब्यथा, नेपालको दुखी कथा
गाउदै हिड्छु, माया लाँउदै हिड्छु’

दुरुस्तै चचित्रमा डुब्न सक्ने खुबी भएका कलाकार हरिवंश आचार्यले गाईनेको चचित्र उठान गरि सारा नेपालीको कुरा सारंगीको माध्यमबाट बोलेका छन् ।

सुनाउनै पर्ने मान्छे भएका ठाँऊहरु सिंहदरबार, संविधान सभा भवन, बसन्तपुर, बैदेशिक रोजगार विभाग तिनकुने, साझा यातायत सबैतिर उनले गीत सुनाउदै हिडेका छन् । २०६२/६३ को आन्दोलनमा चर्चित बनेको रुविन गन्धर्व पनि हरिवंशको साथैमा हिडेको देखियो ।

उनीहरुले यसरी गाएको गीतको दृश्यलाई तीनवटा क्यामेराले कैद गरिएको छ । गीत रेकर्ड भएको लगभग १ महिनापछि गीतको भिडियो विहिबार खिचिएको हो । कलाकार हरिवंश सहित १५ जनाको टोलीले गीतको भाव र मर्म अनुसार नै भिडियो बनाउन निकै मेहनत गरेका छन् ।

भिडियोलाई प्रदिप भट्टराई र दिपेन्द्र खनियाँले मिलेर निर्देशन गरेका हुन् । छायाँकार गौरीशंकर धुजुसहितको क्यमेराको टोलीमा नारायण जिसी र विनोद कार्की छन् ।

“गीतको भावअनुसार हामीले विभिन्न ठाँउहरुमा गएर खिचेका छौ, तर पनि यो सरल भिडियो हो” निर्देशक प्रदिप भट्टराई भन्छन् “कथा बोकेको भिडियो हैन नेपालीको ब्याथा बोकेको भिडियो हो, हरिवंश दाईको यो अर्को एउटा ब्यंग्य हो ।”

देशको पिडा देश चलाउनेहरुको आँगनमा गएर सुनाईएको यो गीतको भिडियो चाडै दर्शकले हेर्न पाउनेछन् । स्कुल कलेज, मन्दिर, सडक, गल्ली सबैतिर उनले सारंगी रेटेर गीत गाएको भिडियोमा हेर्न पाईनेछ ।

यता कलाकार हरिवंश आचार्य पनि गीतको भिडियोमा निकै मेहनत गरेको प्रतिक्रिया दिन्छन् । गीतलाई सबैले मन पराउने कुरामा उनी विश्वस्त देखिए । प्रेमराजा महतको शब्द संगीत रहेको यस गीतमा हरिवंश आचार्यको आवाज छ ।

गीतको भावअनुसार नै गीतको भिडियोमा पनि हरिवंशको सारंगी मोह पनि देख्न पाईनेछ । सारंगी रेटौला, सुनको गजुरलाई, साझा बसमा जो पनि चढ्दछन लागयतका गीतमा पनि उनले सारंगी बोकेरै गीतको माध्यमबाट सामाजिक सन्देश बोलेका थिए ।

For More videos Log on to Mazzako TV