अभिनेता अनमोल केसीको सबैभन्दा कमजोरी के थियो भन्ने हो भने सबैको जवाफ एउटै आउँछ, डान्स । अब, अनमोलले त्यो कमजोरी पनि सुधार गरेका छन् । माघ २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कृ’का अभिनेताले डान्समा पनि सुधार गरेको ‘यति यति पानी गंगा रानी’ बोलको गीतबाट प्रष्ट हुन्छ । यो गीतले ३६ घन्टामै १० लाख भ्यूज पाएको थियो । ४८ घन्टामै फिल्मको यो गीतलाई १२ लाख पटक हेरिएको छ । नेपाली फिल्ममा यो भ्यूजलाई उत्कृष्ट मान्न सकिन्छ । ३१ हजार दर्शकले यो गीतको भिडियोलाई लाइक गरेका छन् भने ३ हजार भन्दा बढीले युटुबमा कमेन्ट गरेका छन् ।

भिडियो हेर्ने अधिकांशले अभिनेता केसीको डान्सको खुलेरै प्रशंसा गरेका छन् । अनमोल पनि फ्यानको उत्कृष्ट प्रतिक्रियाले खुशी छन् । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । अल्मोडा राना उप्रेती र मिस्टर आर जेको स्वर रहेको गीतमा मिस्टर आरजेले नै शब्द र संगीत भरेका छन् । रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

For More videos Log on to Mazzako TV