कात्तिकमा रिलिज भएको फिल्म ‘ऐश्वर्य’ पछि नेपाली फिल्मको व्यापार ओरालो लागेको छ । कात्तिकमा एउटा मात्र फिल्मले लगानी उठायो । मंसिरमा त फिल्म नै राम्रोसँग रिलिज भएनन् । चुनावका कारण मंसिर महिना नेपाली फिल्मका लागि ठन्डा नै रह्यो । हलमा नयाँ फिल्म नहुँदा फिल्म ‘झ्यानाकुटी’ ५ हप्ता चलेपनि दर्शकको चाप सामान्य नै रह्यो ।

यसैले, अब कुन फिल्मले गिर्दो बक्स अफिसलाई उकास्छ भन्ने चर्चा सुरु भएको छ । यो विचमा,सबैको आँखा फिल्म ‘मिस्टर झोले’माथि परेको छ । फिल्मको ट्रेलरलाई रुचाइएको छ भने, गीत पनि चर्चामा छ । रामबाबु गुरुङ दर्शकको नजरमा परिसकेका निर्देशक हुन् । यसमा पनि फिल्ममा दयाहाङ राई, बर्षा राउत, दिया पुन, बिजय बराल, कमलमणि नेपाल जस्ता कलाकार छन् । फिल्मको ट्रेलर हेरेर दर्शक रमाइरहेको समयमा पुरा फिल्म प्रतिक्षामा छ । यसैले, २ महिनादेखि खडेरी लागेको बक्स अफिसलाई ‘मिस्टर झोले’ले उकास्ने आशा फिल्मीकर्मी र मिडियाको छ ।‘मिस्टर झोले’ युनिटसंग गरिएको मज्जाको कुराकनी हेर्नुस् :

For More videos Log on to Mazzako TV