अंग्रेजी नयाँ बर्षको अवसर पारेर फिल्म ‘उल्झन’ ले फर्स्ट लुक पोस्टर सार्बजनिक गरेको छ । फिल्मकोे युरोप प्रदर्शनको तयारीका लागि फिल्म निर्देशक राजु अधिकारी यति बेला युरोपमा नै छन् । फिल्म ’उल्झन’ जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन हुनेछ, भने त्यस पश्चात चैत्र २ गते बाट अलनेपालमा प्रदर्शन हुनेछ । फिल्मको फर्स्ट लुकमा फिल्म मुख्य ३ पात्र लाई फोकस गरिएको छ । नायक धुर्ब दत्त,नायिका रजनी के.सी र अर्का नायक बेनी ले पोस्टरमा स्थान पाएका छन् ।

तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको फिल्ममा नारायण ढुंगाना,नबिन अधिकारी र हरिकृष्ण कार्की निर्माता रहेका छन् । फिल्म ’उल्झन’ ले युरोपमा रहेका नेपाली हरुको संघर्षको कथा बोल्छ फिल्मको लगानी पनि एनआर एन कै रहेको छ फिल्ममा आरति अधिकारीको कथा,मौनता श्रेष्ठको पटकथा रहेको छ ।

 

For More videos Log on to Mazzako TV