अँग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा गायक विशाल निरौलाले नयाँ पप गीत ‘जुनीजुनी’ सार्वजनिक भएको छ । गीतमा स्वर गायक विशाल र गायिका मेलिना राईको छ । गीतमा विशालकै शब्द र संगीत छ । ज्ञानेन्द्र शर्माको छायांकन र निर्देशन रहेको गीतको भिडियोमा मोडलद्धय कृष्टिना थापा र अस्मिक लम्सालको अभिनय हेर्न सकिन्छ । भिडियामा उनीहरुको प्रेम कथालाई रोचक ढंगले प्रस्तुत गरिएको छ । भिडियो सम्पादन प्रविण भट्टले गरेका छन् ।

‘अंग्रेजी नयाँ वर्षको अवसर पारेर गीत रिलिज गरेको हुँ,’ गीतबारे गायक निरौलाले भने, ‘गीत प्रेमजोडीहरुमा समर्पित गर्न खोजेको छु । आशा छ, रुचाइदिनु हुनेछ । ’ विशालले यसअघि ‘मेरी माया’ र ‘पार्टी सङ’ बोलको गीत बजारमा ल्याएका थिए ।

For More videos Log on to Mazzako TV