अभिनेत्री वेनिशा हमाललाई फिल्म ‘झ्यानाकुटी’ रिलिज भएपछि करिअर बबाल नै हुन्छ भन्ने लागेको थियो । फिल्ममा उनले अघिल्ला फिल्म भन्दा राम्रो अभिनय पनि गरेकी छिन् । यो फिल्म रिलिजको समयमा निर्मात्री नीशा अधिकारीले पब्लिसिटीमा ध्यान नदिदा वेनिशाको यो फिल्मबाट फक्रने चाहना पनि पुरा भएन । यो फिल्म रिलिज भएपछि पनि उनको हाइहाइ सुनिएन । बरु, वेनिशा आफै भने हलमा नयाँ फिल्म नहुँदा ५ हप्तासम्म हलमा चलेको यो फिल्ममा दर्शक देखेर दंग परिन् । उनको कामको प्रशंसा त दर्शकले गरे, तर जुन तरिकाले हुनुपर्ने हो भएन ।

यसैले, बेनिशालाई फेरि अर्को फिल्म ‘ब्लाइन्ड रक्स’ नै कुर्नुपर्ने भएको छ । मिलन चाम्सले निर्देशन गरेको यो फिल्म फागूणमा रिलिज हुने चर्चा छ । यो फिल्ममा वेनिशाले दृष्टिबिहिन श्रृष्टी केसीको भूमिका निर्वाहा गरेकी छिन् । ‘झ्यानाकुटी’मा नपाएको चर्चा वेनिशालाई यो फिल्मले देला त ?

For More videos Log on to Mazzako TV