गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको स्वर रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिरेस राईको शब्द तथा दिनेश बान्तवाको संगीत रहेको ‘आइडी छ की छैन बहिनी’ बोलको गीतको म्यूजिक भिडियो हालै युटुब मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा हेमेन्द्र र रोसिमालाई फिचरिङमा देखाइएको छ । बि सुप्तिहाङको निर्देशनमा बनेको म्युजिक भिडियोलाई सुरेन राइले कोरियोग्राफी गरेका हुन् ।

गीतको भिडियोले आफु लाहुरे नभएपछि आइडीवाला केटीसंग विदेश पलायन हुने योजना बनाएका युवाको कथामा आधारित रहेको छ ।सन्देशमुलक र भावस्पर्शी गीतहरु गाउदै आएका भुवन सुप्तिहाङ राईले प्रत्येक महिना जस्तो नयाँ नयाँ गीतहरु दर्शक श्रोता माझ ल्याइरहेका छन् । नेपालका युवाहरुमा देखिएको वेरोजगारको पिडा र छटपटीलाई भिडियोमा देखाउन खोजिएको छ ।

For More videos Log on to Mazzako TV