1609951_299532243533466_1093056171_nलेखक दिपेन्द्र लामाले ‘नागबेली’ फिल्म पेटका लागि लेखेको भनि भनी ठट्यौली गरे । चैत १४ गते गरिएको ‘नागबेली’ फिल्मको प्रेसमिटमा नेपाल समिक्षक समाजका महासचिव समेत रहेका लामाले भने, ‘काठमाण्डौका संघषरत चार युवाको कथालाई फिल्मममा मुख्य विषय बनाइएको छ ।’
निर्देशक गोविन्द राईले भने आफ्नो पहिलो निर्देशकिय फिल्म ‘नागबेली’ देशका लागि रहेको बताए । निर्देशक राईले भने, ‘यो फिल्मबाट हाम्रा देशका नेताले केही सिक्नुहुन्छ जस्तो लाग्छ ।’

‘नागबेली’ का कलाकारहरु यशराज गराच, विक्की मल्ल र नव कलाकार सम्भव श्रेष्ठले फिल्म राम्रो बनेको बताउँदै दर्शकलाई हलसम्म गएर हेरिदिन आग्रह गरे ।

विक्की मल्लसँगै कार्यक्रममा अन्त्यतिर आएकी हर्षिका श्रेष्ठले फिल्म राम्रो बनेको बताइन् । फिल्मका अर्का कलाकार दयाहाङ राई भने ‘तान्द्रो’ फिल्मको सुटिङमा व्यस्त भएकाले प्रेसमिटमा सहभागी भएनन् ।

रामशरण उप्रेतीको छायाँकन रहेको फिल्ममा दयाहाङ, यशराज, हर्षिका, विक्की, सम्भव र सुरवी जैन र अशोक फुयाँलको मुख्य भूमिका रहेको छ ।

निर्देशक राईसँगै कमल राईले फिल्ममा नृत्य निर्देशन गरेका छन् । विवि अनुरागी, शितल मोक्तान र रुद्र बोहोराको संगीत छ । ‘नागबेली’ का द्धन्द्ध निर्देशक रोशन श्रेष्ठ हुन् ।

‘नागबेली’ देशको लागि भनेका निर्देशक गोविन्द राईले दर्शकको लागि चाँडै नै मनोरञ्जनात्मक फिल्म लिएर आउने समेत घोषणा गरे । फिल्म असार २७ गते अल नेपाल प्रदर्शन हुंदैछ ।

 

For More videos Log on to Mazzako TV