नायिका सारा शिर्पालीले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक निखिल उप्रेतीसंग दुई फिल्ममा काम गरेर चर्चामा आएकी नायिका सारा यतिखेर म्यूजिक भिडियामो देखिएकी हुन् । गायक हिमाल सागरको आवाज रहेको ‘न आउ तिमी सजिएर जे नि हुन सक्छ’ बोलको गीति गजलमा गीतकार नृपेश उप्रेतीको शब्द रहेको छ । उक्त सार्वजनिक गीति गजललाई अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेका हुन् । अर्जुन अधिकारीको निर्देशनमा बनेको यो गीति गजलको भिडियोमा सारासंगै गायक हिमाल सागर र मोडल रवि सिंहले अभिनय गरेका छन् ।

उत्सव दहाल छायांकन रहेको यो गीतलाई निशान भट्टराईले सम्पादन गरेका हुन् । साराको यसअघि निखिल उप्रेतीसंगको ‘रुद्र’ चलचित्र सार्वजनिक भैसकेको छ, भने ‘पिंजडा ब्याक अगेन’ रिलिजको तयारीमा छ ।

For More videos Log on to Mazzako TV