अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि अष्ट्रेलिया जान गाह्रो भएन । उनी, सजिलै अष्ट्रेलिया जस्तो देशको भिसा पाएर पुगिन् र फिल्मको प्रिमियर शोमा सहभागी भइन् । अष्ट्रेलियामा पुगेपछि उनको विकिनी पहिरनको चर्चा पनि बढी भयो । तर, उनका लागि बेलायत भने फलामको चिउरा चपाए जस्तै भएको छ । पहिलो पटक फिल्म ‘इन्टु मिन्टु लण्डनमा’का लागि बेलायत जान खोजेकी अभिनेत्री साम्राज्ञीलाई बेलायतले भिसा दिएन । फिल्मकी निर्देशक रेनशा वान्तवा राई बेलायत पुगेर एक महिना बसिन्, तर साम्राज्ञी नआएपछि फिल्मको छायांकन नै हुन सकेन ।

दोश्रो पटक पनि साम्राज्ञीले बेलायतको भिसाका लागि आवेदन दिइन् । तर, उनलाई दोश्रो पटक पनि बेलायतले भिसा दिएन । रेनशा फेरि फिल्म छायांकनका लागि बेलायत पुगिसकेकी छिन् । तर, साम्राज्ञी नपुग्दा बेलायतको सेड्यूल अलपत्र परेको छ । जसकाकारण, फिल्म नै के हुन्छ भन्ने टुंगो लागेको छैन । साम्राज्ञी यो फिल्मको बाँकी छायांकन बेलायतमा सकेर अभिनेता आर्यन सिग्देलसँग फिल्म ‘कायरा’मा काम गर्ने तयारीमा थिइन् । तर, भारत पुगेर बेलायती दुतावासमा भिसा आवेदन दिदा पनि उनलाई पत्याएन । अभिनेता धिरज मगर भने बेलायतमै छन् ।

 

For More videos Log on to Mazzako TV