अभिनेत्री संचिता लुइटेल सार्वजनिक कार्यक्रममा धेरै पुग्छिन् । संचिताको सुन्दरताको चर्चा अहिले पनि नेपाली फिल्म हुने गर्छ । संचिता नेपाली फिल्ममा अहिले कम देखिन थालेकी छिन् । फिल्म ‘राधा’ मा मुख्य भूमिकामा देखिएकी संचिताको त्यसपछि भने खासै अपेक्षा फिल्म आएका छैनन् । जाडो होस् या गर्मी, संचिताको पहिरनको चर्चा पनि सधै नै हुने गरेको पाइन्छ । समय अनुसार पहिरन लगाउने कुरामा संचिता अगाडि छिन् ।

अभिनेता निखिल उप्रेतीले फिल्ममा काम गरिरहेको समयमा संचिता भने सुस्ताएकी छिन् । आफ्नै पति निखिलले काम गरेका वा बनाएका फिल्ममा पनि संचिता देखिएकी छैनन् । सार्वजनिक कार्यक्रममा पुग्दा मिडियामा चर्चा त पाइन्छ । तर, फिल्ममा देखिन छाड्दा हराएको ट्याग लाग्छ । संचितालाई अब एउटा मुख्य भूमिका निर्वाहा गर्ने फिल्म चाहिएको छ । तर, कतै उनले जस्तो पनि भूमिकमा र ब्यानरमा काम गरेर आफ्नो मार्केट विगारेकी त होइनन् ?

 

For More videos Log on to Mazzako TV