अभिनेता अनमोल केसीको दमदार नृत्य रहेको फिल्म ‘कृ’ को ‘यति यति पानी गंगै रानी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । अनमोलको करिअरको ‘कृ’ पाँचौ फिल्म हो, जसमा उनले खुलेरै नृत्य गरेका छन् । रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको भिडियोमा पुरुषोत्तम प्रधानको क्यामेरा चलेको छ । अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा आरजेले शब्द र संगीत दिएका छन् । डेजा भू क्लब र राजु पेन्टरले तयार पारेको भव्य सेटमा फिल्मको यो क्लब गीत खिचिएको छ । गीतका लागि अनमोलले खुबै मिहिनेत पनि गरेका छन्, जुन गीतको भिडियोमा देखिन्छ ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता भने श्री पराजुली हुन् । फिल्ममा अनमोल केसीका साथै अदिती वुढाथोकी, सरोज खनाल, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, लक्ष्मी गिरी, रुपा रानाको मुख्य भूमिका छ । प्रेमका लागि हुने द्धन्द्धको कथामा यो फिल्म निर्माण गरिएको छ । फिल्मको यो गीतले अंग्रेजी नयाँ बर्षमा क्लब र डिस्को उफार्नेछ । माघ २६ गतेबाट यो फिल्म रिलिज हुँदैछ । फिल्मको ट्रेलरले युटुबमा तहल्का नै मच्चाएको थियो ।

For More videos Log on to Mazzako TV