‘बुद्ध वाज बर्न इन नेपाल, भगवान गौतम बुद्ध नेपालमा नै जन्मिएका हुन्’, हो यही सत्य हो । तरपनि पछिल्लो समय केही मानिसहरु र केही धर्मगुरुहरु गौतम बुद्ध भारतमा जन्मिएका हुन भनेर दुस्प्रचार गरिरहेका छन् । यो भ्रमलाई चिर्न यतिबेला बिभिन्न अभियानहरु चालाईएका छन् । देश तथा विदेशमा रहेका नेपालीहरु यतिबेला एउटै स्वरमा भनिरहेका छन् ‘बुद्ध वाज वर्न इन नेपाल, नट इन इन्डिया’ ।

बुद्धको जन्म नेपालमै भएको हो भन्ने मर्मलाई आत्मसाथ गर्दै अमेरिकामा रहेका गायक गायिकाहरुले एउटा गीत तयार पारेका छन् । अमेरिकामा बसेर पनि नेपाली गीत संगीतको बिकास र बिस्तारमा योगदान दिदै आएका कलाकारहरुले तयार पारेको यो गीतले बुद्धका बारेमा फिजाईएको भ्रम चिर्न थोरै भएपनि मदत गर्ने उनीहरु बताउछन् ।

गीतमा प्रताप सुब्बा, अम्बर तुम्बापो सुब्बा, अर्जुन रसाईली, किशोर शिवाकोटी, मनोज ढकाल, कृष्ण ढकाल, सुचिता गुरुङ्ग, टिका लामिछाने, रमेश कँडेल, किरण गजमेर, बिकास संकर, नरेश गौतम, खडा गौतम, नरिक मानुक्यन, नेशन क्रफर्ड लगायतको आवाज रहेको छ । गीतमा शब्द नरेश गौतमको हो भने संगीत एन के ब्रर्दशको रहेको छ ।

Watch Video Here :-

For More videos Log on to Mazzako TV