नयाँ वर्षको अवसरमा प्रदर्शन हुने फिल्म ‘सत्रु गते’ को ‘रूपै मोहनी’ बोलको गीलाई दर्शकले रुचाएका छन् । अपलोड गरिएको २४ घण्टा नपुग्दै ट्रेण्डीङ नम्बर २ मा पर्न सफल भएको छ । फिल्म ‘शत्रु गते’ को पहिलो प्रचार सामग्री स्वरुप गीत सार्वजनिक गरिएको हो । लोकराज अधिकारीको शब्द रहेको गीतमासंगीत टंक बुढाथोकीले दिएका छन् । गीतलाई टंकले मीना निरौलासंग संयुक्त रुपमा गाएका हुन् । यो समाचार तयार पार्दा सम्ममा गीतलाई ८ लाख ४९ हजार भन्दा बढि पटक हेरिसकिएको छ ।

यस अघि फिल्म ‘छक्का पन्जा २’ मा रहेको ‘नाइलनको साडी’ मा लाई २४ घण्टामा ८ लाख १६ हजार पटक हेरिएको थियो । कविराज गहतराजको निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि फिल्मको हाइप बढ्दो छ । यस गीतमा तीन पुस्तालाई देखाइएको छ । गीतमा हरिवंश र दीपा , दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन् ।


नेपाली फिल्म नगरीमा हरिवंश , दीपक र पललाई तिन पुस्ताको रुपमा पनि हेर्ने गरिन्छ । मित्र देव गुरुङको सम्पादनमा तयार गीतलाई दर्शककै अनुरुप बनाउने कोशिश गरिएको निर्माण पक्षको भनाइ छ । डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस फिल्मलाई निर्देशन गरिरहेका छन् । तराई र काठमाण्डौमा छायाँकन गरिएको यस फिल्मलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो ।

For More videos Log on to Mazzako TV