निमा लामा तामाङको निर्देशित फिल्म ‘ए सोल्टिनी’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । कार्यक्रममा फिल्मको जानकारी दिदैँ फिल्मको पोस्टर र गीत समेत देखाईएको थियो ।
दिलकुमार घलान तामाङ निर्माता रहेको फिल्ममा सविन श्रेष्ठ, अर्जन गुरुङ, सम्झाना श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा राना मगर, अनिता गोले, मञ्जु श्रेष्ठ, शेरबहादुर थिङ लगायतले अभिनय गरेका छन् ।


सोल्टा सोल्टीको प्रेम कथामा आधारित फिल्म ‘ए सोल्टिनी’ को विभिन्न देशमा प्रदर्शन पछि मात्रै नेपाल रिलिज गरिने निर्माता दिल कुमारले बताए । कार्यक्रममा अभिनेता सविन श्रेष्ठले फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने आशा व्यक्त गरे । निर्देशक निमाले ए सोल्टिनी आफ्नो पहिलो नेपाली फिल्म भएकाले पर्याप्त मिहेनत गरेको दाबी गरे ।

https://youtu.be/6mEOtLv7RLE

For More videos Log on to Mazzako TV