वर्ष २०७४ को दिपावलीको अवसरमा रिलिज भएको फिल्म ‘रुद्रप्रिया’ युट्युबमा रिलिज भएको छ । नायिका रेखा थापा र नायक आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्रप्रिया’ रिलिज भएको २ महिनामै युट्युवमा रिलिज भएको हो । सुदीप बबी भूपाल सिंह निर्देशित फिल्ममा एसिड आक्रमण परेकी युवतीको मानशिक पिडा र बदलाको वरिपरि फिल्म घुमेको छ । फिल्ममा रेखा र आर्यनसँगै कलाकार राजन ईशान मुख्य भूमिकामा छन् । फिल्मलाई रेखा र निर्माता रमेश एमके पौडेल मिलेर निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV