कुनै पनि काम आफैले वुझेर गर्दा त्यसले फाइदा हुन्छ । तर, जब कुनै काम अरुको नक्कल गरिन्छ, त्यसले डुबाउँछ । फिल्म प्रचारको लागि ६ जना बडिगार्डको शोअप गरेका अभिनेता कुशल थापाको निर्माण र अभिनय रहेको फिल्म ‘ह्याप्पी न्यू इयर’ शुक्रबारबाट रिलिज भयो ।

मल्टिप्लेक्स र सिंगल हलमा नै फिल्मले व्यापार धमाका गर्छ भन्ने सोच कुशलको थियो । तर, शुक्रबार नै फिल्मको व्यापार मल्टिप्लेक्समा र सिंगल दुबैमा निकै कमजोर छ । कतिपय हलमा मानिस नै नआएर शो समेत बन्द भएका छन् ।

फिल्म निर्माण, कलाकार छनोट र प्रचारमा मिहिनेत गर्न छाडेर कलाकारहरु अरुको देखासिकी गर्छन् । जसले गर्दा करोडौ लगानीको फिल्म एकैछिनमा चौपट हुन्छ ।
यो फिल्मको व्यापारले अभिनेत्री सन्ध्या केसीको करिअरलाई पनि धर्मसंकटमा पारिदिएको छ ।

For More videos Log on to Mazzako TV