महसञ्चार तथा किरण केसीको प्रस्तुती रहेको फिल्म ‘शत्रु गते’ को पहिलो गीत सार्वजनिक भएको छ । लोकलयमा आधारित फिल्मको ‘रुपै मोहनी नारान’ बोलको गीत सार्वजनिक भएको हो । लोकराज अधिकारीको शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत र मिना निरौलालाई स्वरमा संगीतकार टंकले साथ दिएका छन् । गीतको भिडियोको कबिराज गहतराजले कारियोग्राफी गरेका हुन् । फिल्मलाई सुपरहिट फिल्म ‘जात्रा’ निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेका हुन् ।

फिल्म ‘शत्रु गते’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौड्याल, पल शाह, आँचल शर्मा, किरण के.सी लगायतका कलाकरको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV