२०७५ सालको जेठ ११ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने फिल्म ‘झमक बहादुर’ को गीत रिलिज भएको छ । ‘साइनो’ फिल्ममा समावेश भएको ‘आमैले भन्थे धाराको पानी’ बोलको गीतको रिमिक्स भर्सन सार्वजनिक गरिएको हो । कुसुम गजमेरको शब्दलाई रन्जित गजमेरको संगीत भरेको गीतलाई ‘झमक बहादुर’ मा ओम सुनारले रिमिक्स गरेका हुन् । रिमिक्स भर्सनमामा ओमका साथै कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर छ ।


‘झमक बहादुर’ लाई भोमन कटुवालले निर्देशन गरेका हुन् । मिनकुमार तामाङको निर्माण रहेको फिल्ममा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ लगायतको अभिनय रहेको छ । झपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमेडी नै फिल्मको कथा रहेको बताइएको छ ।
यूवि फिल्मस् ग्यालरी र दियालो इन्टरटेन्मेन्टको प्रस्तुती रहेको फिल्ममा राजु किरातको द्वन्द्व, अनिलकुमार महर्जनको सम्पादन, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्पादन, राजन, सूर्य र सलिनाको कोरियोग्राफी रहेको छ । फिल्मलाई पवन गौतमले खिचेका हुन् ।

For More videos Log on to Mazzako TV