फिल्म घोषण भएको समय देखिनै चर्चामा रहेको फिल्म ‘लिलिबिली’ को युरोप छायाँकन सकिएको छ । लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुलमा पुगेर फिल्म ‘लिलिबिली’ को युरोप छायाँकन सकिएको हो । स्थानबुलमा प्रदीप खड्का र प्रियंका कार्की फिचर्ड गीतको छायाँकनसँगै फिल्मको इन्डक्ल्याप समेत गरियो । अब फिल्मको केहि प्रतिशत छायाँकन नेपालमै हुनेछ ।

युरोपका बिभिन्न देशको छायाँकन गर्न ५० दिन लाग्यो । मिलन चाम्स निर्देशित फिल्ममा प्रियंका कार्की, प्रदीप खड्का, जसिता गुरुङ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ ।

काफिया फिल्मस, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भैरहेको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । फिल्म नेपाली नयाँ वर्षको अवसर पारेर चैत ३० मा अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

 

यो पनि हेर्नुस्:

टर्कीमा रातो पहिरनमा खुलिन् प्रियंका

For More videos Log on to Mazzako TV