नायिका केकी अधिकारी अभिनित फिल्म ‘हुर्रे’ को ‘ठेकीमा दहि’ बोलको गीतलाई दर्शकले औधी रुचाएका छन् । गत डिसेम्बर १ मा रिलिज भएको यस गीतलाई युट्युबमा १० लाख भन्दा बढी पटक हेरिएको छ । कमेडी  शैलीको डान्सीङ नम्बर भएकै कारण गीतलाई रुचाइएको निर्माण पक्षको भनाइ छ । गीतमा फिल्मका केकी अधिकारी, राजाराम पौडेल र अंकित खड्काको कम्मर मर्काइलाई सबैले तारिफ गरेका छन् । बौद्धमा रहेको स्तुपा वरपर खिचिएको गीतलाई बिक्रम स्वारले निर्देशन गरेका हुन् ।

फिल्मको सार्वजनिक ‘ठेकीमा दहि’ बोलको गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका छन् । राजन इशानको एरेञ्ज छ । यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्मलाई फागुन २५ मा प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV