केहि फिल्ममा अभिनय गरिसकेकी कलाकार विना थापाको सवारी दुर्घटनामा निधन भएको छ । बत्तिसपुतलीमा बा.२.ख ८९४ नम्बरको पानी ट्याक्रले उनी चढेको स्कुटरलाई ठक्कर दिएको प्रहरिको भनाई छ । दुर्घटना लगतै विनालाई उपचारका लागि अस्पताल लगिएको थियो ।

तर, उनको विर अस्पतालमा नै निधन भयो । बिनाले केहि फिल्ममा अभिनय गरेकी थिइन् भने नाटकमा बढी सक्रिय थिइन् । उनले अभिनय गरेको फिल्म ‘पिजडा ब्याक अगेन’ प्रदर्शनका लागि तयारीमा छ ।

उनले ‘उर्वशी, डिभोर्स’ लगायतका फिल्ममा पनि काम गरिसकेकी छिन् । विनालाई नेपाली फिल्म क्षेत्रका फिल्मीकर्मीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

For More videos Log on to Mazzako TV