फिल्म ‘मिस्टर झोले’को ट्रेलर हेरेपछि धेरै दर्शकले भने यो ‘कबड्डी कबड्डी’को स्वादमा छ । निर्देशक रामबाबु गुरुङले सोहि फ्लेबरमा फिल्म बनाएका छन् । निर्माता टेकेन खड्का त फिल्मलाई ‘कबड्डी कबड्डी’को सिक्वेल होइन भन्छन् ।

दयाहाङ राई, बर्षा राउत, दिया पुन, विजय बराल, कमलमणि नेपाल लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मका कार्यकारी निर्माता रौनक विक्रम कँडेल हुन् । पौष २८ गतेबाट रिलिज हुने फिल्मका निर्देशक रामबाबु गुरुङले पनि ‘मिस्टर झोले’ ‘कबड्डी कबड्डी’को स्वादमा आएको स्विकार गरे । पत्रकारसँग कुरा गर्दै रामबाबुले ‘कबड्डी कबड्डी’को स्वादमा आएको कुरालाई कुनै पनि तरिकाले प्रतिवाद गर्न नसकिने बताएका छन् ।

उनले एउटै मान्छेले फिल्म बनाएका कारण पनि त्यो स्वाद आएको बताएका छन् । आफूले ‘कबड्डी कबड्डी’को स्वाद नआओस् भन्ने चाहेपनि जति आएको छ त्यसलाई हटाउन नमिल्ने बताए ।

For More videos Log on to Mazzako TV