गायक कमल किरणको नयाँ पप गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक कमलकै शब्द संगीत तथा स्वर रहेको ‘लभ पर्ला जस्तो छ’ बोलको गीतको म्युजिक भिडियो हालै युटुब मार्फत सार्वजनिक गरेका हुन् । प्रकाश धिताल निर्देशित भिडियोमा हट मोडल रिया श्रेष्ठसंग बिकाश र दिपकले रोमान्स गरेका छन् ।

निकै लामो समय देखि नेपाली संगीत क्षेत्रमा सघर्षरत गायक कमल किरण गायनसंगै संगीत भर्न समेत माहिर मानिन्छन् । सबैखाले गीत गाउँन सक्ने कमलले यो गीतमा पनि स्वर तथा संगीतमा कुनै कसर बाकी राखेका छैनन् । राकेश सोनीले एरेन्ज गरेको गीतको भिडियोलाई राजिब समरले कारियोग्राफी गरेका छन् । ओम प्रसाईले खिचेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV