दमक उद्योग बाणिज्य संघले आयोजना गर्ने दमक महोत्सब २०७४ मा अभिनेत्री प्रियंका कार्की, जीतु नेपाल लगायतले प्रस्तुती दिने भएका छन् । ‘उद्योग ब्यापार कृषि एबम पर्यटनको बिकास, स्वावलम्बी आत्मानिर्भर र समृद्धि बर्तमानको निकास’ भन्ने मुल नाराका साथमा झण्डै दस बर्षको फरकमा दमक महोत्सव २०७४ सुरु हुँदैछ ।


राष्ट्रिय तथा अन्तरास्ट्रिय औद्योगिक बस्तु तथा सेवाहरुको प्रदर्शन तथा खरिद बिक्रीका साथै अत्याधुनिक प्रबिधिको बाल उधान तथा खेल तमासा समेत रहने छन् । महोत्सबलाई सफल बनाउन आयोजक कम्मर कसेर लागी परेका छन् । त्यस्तै दमक नगरलाई बेहुली झै सिंगारिएको छ । महोत्सब यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म संचालन हुनेछ । दमक स्थित वडा नम्बर ७ सयपत्रि टोल रतुवा किनारमा संचालन हुने प्रजिता दंगाले बताइन् ।

For More videos Log on to Mazzako TV