अभिनेत्री केकी अधिकारी तथा अभिनेता नाजिर हुसेन स्टारर फिल्म ‘राज्जा रानी’ को मैथिली भाषामा ट्रेलर सार्वजनिक भएको छ । यही पौष २१ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शन हुने फिल्मको मैथिली भाषामा पनि डबिङ गरिएको हो । फिल्मले बिषेशत तराईमा हुने विकृतिको कथा बोल्दछ । त्यसैले पनि तराईका दर्शकलाई लक्षित गर्दै मैथिली भाषामा डबिङ गरिएको निर्माण युनिटको भनाई छ ।

दाइजो प्रथाको कथालाई उठान गरिएको फिल्म ‘राज्जा रानी’ को मैथिली भाषामा डबिङ गर्ने जिम्मा भोर कम्पनीले लिएको थियो । यम थापा लेखन तथा निर्देशित फिल्ममा केकी, नाजिरसंगै कामेश्वर चौरसिया, दीपक क्षेत्री, संगीता नापित लगायतका कलाकारको भूमिका रहेको छ । ‘राज्जा रानी’ लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

https://youtu.be/cBFoTSZaZV0

केहिदिन अघि जन्मदिनमा केक काट्दै केकीले साटिन् मनका कुरा हेर्नुस् मज्जाको भिडियो :

 

For More videos Log on to Mazzako TV