वैशाख १४ गतेलाई फिल्म ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति तय गरेकी निर्माता तथा अभिनेत्री केकी अधिकारी अब हिन्दी फिल्मका कारण यो बर्ष नै फिल्म रिलिज गर्न तयार भएकी छिन् ।

केकी अधिकारीले पहिलो पल्ट निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ वैशाख १४ मा रिलिज हुने तय थियो । तर, यो मितिमा बलिउडको ठूलो फिल्म ‘२.०’ आउने भएपछि केकीले आफ्नै देशको फिल्मसँग भिडन्त गर्नु उपयुक्त ठानिन् । अब, केकीको फिल्म चैत्र २३ गतेबाट रिलिज हुने भएको छ । यो मितिमा अगाडि नै फिल्म ‘तिमी सँग’ले प्रदर्शन मिति तय गरेको छ । अब, केकीको भिडन्त बक्स अफिसुमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग हुनेछ ।

विशाल भण्डारीले निर्देशन गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’मा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा मुख्य भूमिकामा छन् । ‘तिमी सँग’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV