माघ १२ गतेबाट रिलिज हुने फिल्म ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक गरिएको छ । नेपालमा केहि दृश्य खिचिएको फिल्मका अधिकांश दृश्य बेलायतको छ । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दिया पुन, विक्की जोशीको मुख्य भूमिका छ । फिल्मलाई लिएर निर्देशक मिलन चाम्स निकै उत्साहित र आशावादी छन् ।

फिल्मको ट्रेलर अभिनेत्री कार्की र उनको पछि लागेका केहि यूवाको वरिपरी नै घुमेको छ । बेलायतमा रहँदै आएकी कार्कीलाई दया, संजय र विक्कीले नै प्रेम गरेको देखाइएको छ । अभिनेत्री दिया पुनको दृश्य भने नेपालको देखाइएको छ ।

फिल्ममा वीपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सको लगानी छ । सम्राट बस्नेतकद्धन्द्ध रहेको फिल्ममा ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत छ ।

For More videos Log on to Mazzako TV