गीतकार भद्रकला आङबुङको शब्दमा ‘एक्लोपन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकोे छ । गीतमा गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको स्वर छ, भने बादल लिम्बुको संगीत रहेको छ । सुवास गुरुङ निर्देशित भिडियोमा नायिका केकी अधिकारी, ओम प्रकाश राई र विकास लिम्बुको अभिनय रहेको छ ।

हङकङका रमणीय दृश्यमा खिचिएको भिडियो उत्कृष्ट बनेको छ । विक्रम गुरुङको छायाँकन रहेको भिडियोलाई युवी चाम्सले सम्पादन गरेका हुन् । एरेञ्ज उदयराज पौडेलको छ । भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV