अभिनेता सविन श्रेष्ठको निर्माण तथा अभिनय रहेको फिल्म ‘हिरो रिटन्र्स’ को रिलिज मिति तय भएको छ । आशिष भेटवाल निर्देशित ‘हिरो रिटन्र्स’ नयाँ बर्ष २०७५ को बैशाख २८ गते रिलिज हुने भएको हो । निर्माण सम्पन्न भएको लामो समयपछि मात्र फिल्म रिलिजको मिति तय गरिएको हो । फिल्ममा सविनसंगै रेखा थापा, दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतको अभिनय छ ।

अभिनेता तथा निर्माता सविनले यसअघि नै फिल्मको सम्पुर्ण काम सकिएको कुरालाई सत्य भन्दै त्यसमा पनि केहि कुराहरु चित्तबुझ्दो ननिस्केको र ‘रि सुट’ को गर्नु परेकाले रिलिजमा केहि ढिलो भएको बताए । कमेडी एक्सन जनरा भनिएको फिल्ममा शिवम अधिकारीको कथा छ, भने मदनकाश्यप घिमिरेले क्यामेरा चलाएका छन् । दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहनेछ ।

चन्द्र गौतम यो फिल्ममा कार्यकारी निर्माता हुन् । सविन फिल्मस् को ब्यानरमा बनेको फिल्म ‘हिरो रिटर्न्स’ मा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् । फिल्मलाई उपत्यकामा गोविन्द शाहिले वितरणको जिम्मा लिएका छन् । यसैबीच नेपाल रिलिज पुर्व फिल्मको कतार, अष्ट्रेलिया सँगसँगै लण्डन प्रिमियर हुने भएको छ ।

For More videos Log on to Mazzako TV