पछिल्लो समय नेपाली गीतसंगीतलाई मेहनतका साथ निर्माण गर्न थालिएको छ । आधुनिक गीतको भिडियोलाई दृश्यको हिसाबले पनि उत्कृष्ट बनाउन कुनै कसर बाकि राखिदैन । यसैबिच चर्चित गायिका मेलिना राईको स्वर रहेको उत्कृष्ट ‘इन्द्रेणी’ बालेको गीतको भिडियो रिलिज गरिएको छ । ‘इन्द्रेणी’ एल्बममा समावेश गीतमा शब्द दियालो सुशन माँझीको छ, भने उत्तम जंग लिम्बुले संगीत भरेका छन् ।

फणिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोलाई टौवा क्रियसनले तयार पारेको छ । शान थापा निर्देशित भिडियोमा निराजन प्रधान र नीता ढुंगानाको जोडी फिचरीङ छन् । गीतमा युवतीले कल्पना गर्ने मायाको संसारलाई चित्रण गरिएको छ । विशेष गरि गीतको ड्रेसले चर्चा पाएको छ ।

गीतमा नीता र निराजनको ड्रेसमा बिषेश ध्यान दिईएको छ । अन्य भिडियो भन्दा फरक बनाउन निर्देशक थापाले कमल मानन्धरको डिजाइनमा रहेको ड्रेसमा निराजन र नीतालाई प्रस्तुत गरेका छन् । राजिभ समरको कोरियोग्राफी रहेको गीतलाई अर्जुन तिवारी र टीमले खिचेका हुन् । मनोज जोशी प्रोडक्सन म्यानेगर रहेको यस गीतको भिडियोमा सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ ।

For More videos Log on to Mazzako TV