माघे संक्रान्तिको बिदाका कारण पौष २८ गते २ ठूला( कलाकारको ब्रान्ड भ्यालु, चर्चा, स्टारडम, मेकरको ब्रान्ड भ्यालु आदिका कारण हामी केहि फिल्मलाई ठूला फिल्म भन्छौ) नेपाली फिल्म रिलिज हुँदैछ ।

यो मितिमा फिल्म ‘बटरफ्लाइ’ र ‘मिस्टर झोले’ रिलिज हुँदैछन् । पौष २८ गते यहि कारण दुबै फिल्मलाई सहज छैन । कारण, बक्स अफिसमा एक आपसमा दुई ठूला फिल्म जुध्दा दुबैलाई फाइदा भने हुँदैन ।

ओम प्रतिक गुरुङले निर्देशन गरेको फिल्म ‘बटरफ्लाई’मा अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीको लिड रोल छ । यी दुबैको कारण पनि २ दिन र माघे संक्रान्तिमा दर्शक आउँछन् भनेर अड्कल लगाउन सकिन्छ । यो फिल्ममा समावेश ‘म गाउँदिन गीत अब’ बोलको गीत युटुबमा १० लाख पटक हेरिएको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा सुगम पोखरेल र अन्जु पन्तले आवाज पनि भरेका छन् ।

यो गीत १० लाख पटक हेरेपछि फिल्मको व्यापारमा पनि फाइदा पुग्नेमा निर्माण टोली ढुक्क देखिएको छ ।

For More videos Log on to Mazzako TV