रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले’ का सुटिङको समयका मज्जाका फोटोहरु त हेरि सक्नु भएकै होला । ‘मिस्टर झोले’ ले प्रचारका लागि दर्शकलाई आकर्षण गर्ने सामाग्री सार्वजनिक गरिरहेको छ । पौष २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मिस्टर झोले’ ले फेरी फिल्मको मेकिगं भिडियो सार्वजनिक गरेको छ । भिडियोमा निर्माण टिमको मिहेनत सँगै उनीहरु बिचको मज्जाका पलहरु देखाइएको छ ।

फिल्ममा दयाहाङ राई, दिया पुन, बर्षा राउत, बुद्धि तामाङ, बिजय बराल, प्रविण खतिवडा लगायतको अभिनय छ । रौनक विक्रम कंडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् भने टेकेन खड्का फिल्मका निर्माता हुन् । रामबाबुकै कथा रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

For More videos Log on to Mazzako TV