चर्चित गायक कमल खत्रीको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘जाउला रेलैमा’ बोलको गीतको म्यूजिक भिडियो हालै कमलले आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेका हुन् । गीतमा गायक कमलकै शब्द, संगीत तथा स्वर रहेको छ । उनले यो गीतको लिरिकल भिडियोलाई केही महिना अघि नै सार्बजनिक गरेका थिए । भिडियोमा कमल संगै सिम्पल खरेलको अभिनय छ ।

रिकेश गुरुङ गीतका एरेन्जर हुन् । सिम्पल खरेलले निर्देशन गरेको भिडियोलाई राम तिमिल्सिनाको निर्माणमा एक युगल प्रेममा गाउलेहरुले जातभातको कुरा निकालेर गाउमा बस्न नसक्ने अवस्था आएपछी दुबै रेलमा चढी हिडेको कथा भिडियोमा छ । हरि हुमागाईले खिचेको भिडियोको निशान घिमिरेले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV