आजबाट नायिका झरना पुगिन ३५
आज नायिका झरना थापाको जन्मदिन हो । आजबाट उनी ३५ बर्ष पुगेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा दर्जनौ हिट चलचित्र दिएकी नायिका झरना थापा एक छोरीकी आमा समेत हुन् । जन्मदिनमा आफ्नै घरपरिवारसँग बसेर रमाईलो गर्ने उनले बताएकी छिन् ।
नायिका झरना थापाको जन्म प्युठानमा भएको हो । दाङ्गमा उनको बाल्यकाल बित्यो भने अध्ययन काठमाण्डौमा । उनको मनमा नेपाली चलचित्रकी नायिका बन्छु भन्ने कहिल्यै लगेको थिएन रे ।
बागबजारको पद्मकन्या क्याम्पस पढ्दा उनले आफ्नो अध्ययनको बिषय नृत्य बनाईन । क्याम्पसका धेरैजसो सांगितिक र नृत्यसम्बन्धि कार्यक्रममा अघि सर्दा सर्दै उनले तत्कालीन राजा बिरेन्द्रको हातबाट तीनचोटी सम्मानित हुने अवसर पाईन ।
त्यस्तै पुर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा एवं स्व. गिरिजाप्रसाद कोईरालाको हातबाट पनि सम्माननित भएपछि उनलाई कला क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको थियो ।
झरना राम्रो नाच्थिईन, साथीसंगीहरुले उनलाई चलचित्र क्षेत्रमा लाग्न सल्लाह दिए । नभन्दै उनलाई चलचित्र दाईजोमा काम गर्ने अवसर मिल्यो । त्यसपछि त उनको चलचित्र यात्रा निरन्तर अघि बढिरेहेको छ ।
१७ बर्षको उमेरका झरना राजभण्डारीको विवाह सुनिलकुमार थापासँग भएको थियो । त्यसपछि उनी झरना थापाको नामबाट नेपली चलचित्र क्षेत्रमा चर्चित बनिन् । उनी चलचित्राम अभिनय मात्र गर्दिनन, आफै चलचित्र पनि बनाउछिन् ।
झरना मोसन पिक्चरको ब्यानरबाट ‘धर्मसंकट’को निर्माण सँगसँगै उनी कुशल निमात्री पनि हुन् । तर पछिल्लो समय उनले बनाएको चलचित्र ‘फेसबुक’ले भने राम्रो सफल्ता हसिल गर्न सकेन् । उनी अब निमात्री मात्रै नभएर निर्देशकको रुपमा चलचित्र क्षेत्रमा आउने सोच पनि बनाईरहेकी छिन् ।
विभिन्न अवार्ड समारोहमा धेरै पटक उत्कृष्ट नायिकाको अवार्ड उचाल्न सफल भएकी नायिका थापालाई जन्मदिनको लाखौ लाख शुभकामना ।
For More videos Log on to Mazzako TV