निर्देशक ऋषिराज आचार्य फिल्म ‘ड्रिम गर्ल’लाई लिएर उत्साहित छन् । फिल्मको एउटा रोमान्टिक गीत र १० प्रतिशत दृश्यको छायांकन सकेर उनी चर्चित पर्यटकिय स्थल राराबाट फर्किएका छन् । अब, केहि दिनमा नै दुबई जाने तयारी उनको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको रोमान्टिक गीतको छायांकन सकेर फर्किएका ऋषि भन्छन्–‘गीतको छायांकन उत्कृष्ट भएको छ । दर्शकले यसपटक फरक प्रेमकथा आकर्षक लोकेशनमा हेर्न सक्नुहुनेछ ।’ फिल्मका मुख्य कलाकार आकाश श्रेष्ठ र आश्मा गिरीलाई गीतमा फिचरिङ गरिएको छ ।

फिल्ममा विल्सन विक्रम राई, निर्मल शर्मा, अर्जुन श्रेष्ठ लगायतका कलाकारले पनि काम गरेका छन् । ऋषिराज आचार्य र अर्जुन शर्माको लगानीमा बनेको फिल्मका सह–निर्माता रामेश्वर धिताल हुन् ।

For More videos Log on to Mazzako TV