अभिनेता सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, कामेश्वर चौरसिया अभिनित फिल्म ‘लालपुर्जा’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्म युनिटले ट्रेलरसंगै फिल्मको गीत र टिजर समेत सार्वजनिक गरेको हो । फिल्मलाई ‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गरेका हुन् । निर्देशकले कमेडी जनरामा निर्माण गरिएको फिल्म पुँजीवाद र अध्यात्मवादको लडाई भएको निर्देशक श्रेष्ठको भनाई छ । फिल्मको प्रचार प्रसारलाई ध्यान दिदैँ क्विज समेत सुरु गरेको छ । क्विजमा सहभागिता जनाउँनेले फिल्मको नाम ‘लालपुर्जा’ मा कति ओटा भन्टा प्रयोग गरिएको पत्ता लगाएर ‘लालपुर्जा’ को अफिसियल पेजमा उत्तर पठाउनु पर्नेछ ।

माघ ४ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्ममा सौगात, विपिन, मेनुका, कामेश्वरसंगै हरिहर शर्मा, मिरुना मगर, कमलमणि नेपाल, मिश्री थापा, अनिल पाण्डे, कुमार नगरकोटी लगायतको अभिनय छ । विक्रमसिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेको फिल्ममा विक्रमसिंह र निर्देशक स्वयमले कथा लेखेका हुन् ।

https://youtu.be/9D3aF5n1ajo

For More videos Log on to Mazzako TV