फागुन ११ गतेदेखि अल नेपाल सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’ को ‘स्याडविच मी’ गीतको भिडियोमा सेन्सर लागेको छ । सिमित उमेर समुहलाई हेर्न मिल्ने छ, भने उक्त भिडियोलाई टेलिभिजन च्यानलहरुले प्रशारण गर्न अस्विकार गरिरहेका छन् । युट्युव मनिटाइजेशन पनि नगरिएको निर्माता प्रशन्न गोपालीले बताए ।


किन ब्यान्डको अवस्थामा पुग्यो त ‘स्याण्विच मी’ ? भल्गर भयो भन्ने कुरा आएको छ, निर्माता गोपालीको भनाई छ । फिल्मका नायक बिनय श्रेष्ठ प्रेसमिटमै विकिनी गल्र्ससंग प्रस्तुत भएका थिए । यसले गर्दा निर्माण पक्षले आलोचना भोग्नु परिरहेको छ । निर्देशक नरेश कुमार केसी भने रोमियाको क्यारेक्टर अनुसारकै उक्त गीतको भिडियो बनाइएको दाबी गर्छन् ।

फिल्मका नायक बिनय श्रेष्ठ प्रेसमिटमै विकिनी गल्र्ससंग यसरी प्रस्तुत भएका थिए । हेर्नुस् भिडियो

 

For More videos Log on to Mazzako TV