अभिनेता सलमान खान नेपाल आउने पक्का भएको छ । उनी, दोश्रो पटक नेपाल आउन लागेका हुन् । सलमान, ‘दबंग टूर’का लागि नेपाल आउन लागेका हुन् ।
ओडिसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । उनी यसअगाडि सन् १९९४ मा नेपाल आएका थिए । ‘दबंग दि टूर’ नाममा सलमानले अष्ट्रेलिया, हङकङ, दिल्ली, न्यूजिल्याण्डमा कन्सर्ट गरिसकेका छन् । अब, काठमाण्डौको टुँडिखेलमा आयोजना हुने भव्य कन्सर्टमा सलमान खान सहभागी हुनेछन् ।

भूकम्पपछि नेपाल तहसनहस भएको सन्देश विदेशमा गएकाले नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिन यो कार्यक्रम आयोजन गर्न लागिएको हो । सलमान २ दिन नेपाल बस्नेछन् । उनी, कार्यक्रम हुने दिन फागूण २६ गते नै नेपाल आउनेछन् ।

सो दिन बेलुका सलमानले टुँडिखेलमा करिब ३ घन्टा प्रस्तुती दिनेछन् । फागूण २७ गते उनी पशुपति दर्शनका लागि जानेछन् । साथमा, सलमान खानलाई हेलिकप्टर चार्टर गरेर संसारकै अग्लो सगरमाथा घुमाउने योजना समेत आयोजकले बनाएको छ । सलमानको साथमा, अभिनेत्री सोनाक्षी सिन्हा, डेजी शाह, निर्देशक प्रभुदेवा पनि नेपाल आउनेछन् । मनिष पलले यो कार्यक्रमको संचालन गर्नेछन् ।

For More videos Log on to Mazzako TV