विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाएका सौगात बिष्ट दोश्रो फिल्म लिएर दर्शकमाझ आउने तयारीमा छन् । उनले, निर्देशन गरेको दोश्रो फिल्म ‘हैरान’को प्रदर्शन मिति त तोकिएको छैन । तर, फिल्मको डबिङ भने सकिएको छ । फिल्मको सुटिङका क्रममा निकै हैरानी भएको यसको निर्माण टोलीले बताउँदै पनि आएको छ ।

फिल्ममा गजित बिष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, वुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतले काम गरेका छन् । फिल्ममा मुक्ति घले, श्रृष्टी घिमिरे, डाक्टर वाइ एल लामको लगानी छ भने संझना पोखरेल यसको कार्यकारी निर्माता हुन् ।

फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कँडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ । फिल्मका लागि अभिनेता सत्यराज चौलागाइले २५ हजारको पान खाएको बताए ।

सत्यले डबिङ गर्दा पनि पान नै खाएर गरेका छन् । फिल्मका मुख्य कलाकार गजित बिष्टले छायांकनका क्रममा हैरान भएपनि अब फिल्मको डबिङ सएिको बताए । उनले चाडै नै फिल्मको प्रदर्शन मिति पनि तोकिने जानकारी दिएका छन् ।

For More videos Log on to Mazzako TV