देव नेपाल निर्देशित फिल्म ‘मन त परदेशी’ पौष १४ गते बाट सार्वजनिक प्रदर्शनमा आउँने भएको छ । रिलिज हुन केहि दिनबाकि राजधानीमा प्रेसमिट गरि निर्माण पक्षले फिल्मको बारेमा जानकारी दिएको छ । नेपाली युवाहरुले अरब झेल्दै आएका दुख पिडाहरुलाई फिल्मले उठान गरेको बताइएको छ । फिल्ममा नायक दिपेशराज पाण्डे र नायिका समिता गिरि मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

‘फिल्ममा विदेशी भूमिमा भोग्ने पिडालाई देखाएका छौ’ निर्माता दुर्गा बहादुर खड्का भन्छन् ‘फिल्म हेरिरहँदा आफ्नै कथा महसुश हुन्छ ।’ फिल्मले संदेश मात्र नभई मनोरंजन पनि दिने नायक दिपेश बताउँछन ।
फिल्ममा दिपेशराज, समितासंगै विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतको अभिनय रहेको छ । पुष्कर सुनुवारको संगीत रहेको फिल्मलाई मर्भुमी नारायण र राजेन्द्र कुमार थापाले खिचेका हुन् । दुर्गा बहादुर खड्का र भुवन शर्मा कंडेल मिलेर फिल्मा लगानी गरेका हुन् ।

For More videos Log on to Mazzako TV