केही समयअघि लन्डनमा भब्य ‘रेड कार्पेट’ गरेको फिल्म ‘ह्याप्पी डेज’ निर्माण घोषणा देखि नै चर्चामा रहदै आएको छ । आउँदो माघ १२ गतेलाई प्रदर्शन मिति तय भएको फिल्मको ट्रेलर भने पुष ६ गते रिलिज हुँदैछ । फिल्मका सार्वजनिक भएका ‘चेप्टे चेप्टे पेरुंगो’ र ‘तिमी बिना’ बोलका गीतहरूले निकै चर्चा पाइसकेका छन् ।


फिल्मको कथावस्तु र संगीतपक्ष निकै अब्बल रहेको निर्देशक तथा निर्माता मिलन चाम्स बताउँछन् । पैसा कमाउन सपना बोकेर विदेश हिँडेका दुई युवाको संघर्षको वरिपरि फिल्म घुमेको छ । नेपाल, लन्डन, वेल्स र स्कटल्याण्डमा फिल्मको छायांकन गरिएको हो ।
चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको प्रस्तुति रहेको यस फिल्ममामा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दिया पुनलगायत विभिन्न कलाकारको अभिनय छ, भने सञ्चारकर्मी नरेश भट्टराई र निर्देशक दिनेश राउतको संयुक्त कथा रहेको छ । तारा प्रकाश लिम्बुको संगीत रहेको फिल्ममा सम्पादन अर्जुन जिसीले गरेका छन् ।

रामकुमार केसीले छायांकन गरेको फिल्ममानिर्देशक मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । अशोक बंशल, भवानी शर्मा, हिरालाल जोशी र मिलन चाम्स यस चलचित्रका निर्माता हुन् ।

  

For More videos Log on to Mazzako TV