यहि पुष २८ गतेबाट रिलिज हुने रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले’ का केहि तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ फ्रेम बाहिर कलाकारले गरेका मज्जाका पलहरु देख्न सकिन्छ । फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय छ ।

निर्देशक गुरुङकै लेखन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनक विक्रम कँडेल छन् ।

 

For More videos Log on to Mazzako TV