केहि दिन अघिको ‘छक्का पञ्जा’ युनिटसंगको बिबाद सेलाउँन नपाउँदै अभिनेत्री ऋचा शर्मालाई अर्काे आरोप लगाइएको छ । शर्मा र फिल्म ‘छक्का पञ्जा’ युनिट बिच फेसबुकमा केही दिन भनाभन समेत चलेको थियो । यति बेला अभिनेत्री ऋचा शर्मालाई एक नायिकाले ऋचाले आफू माथि ह्यारेसमेन्ट गरेको फेसबुकमा स्टाटस लेखेकी छिन् । फिल्म ‘फिर्के’ की नायिका क्रिस्टिना पौडेलले नायिका शर्माको मानसिक अवस्था स्वस्थ नभएको समेत उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘उनको मानसिक अवस्था निको होस, गेट वेल सुन !’ के साँच्चै ऋचा शर्माले नायिका पौडेल माथि शोषण नै गरेकी हुन् त ?

यसबारे ऋचा भन्छिन् ‘त्यस्तो केही भएको छैन्, । ‘यो सब पब्लिसीटि स्टन्ट हो । त्यसैले यस बारेमा धेरै बोल्न आवश्य छैन ।’ कलाकार सुलेमान शंकर ईकुको निर्माण तथा अभिनय रहेको फिल्म फिर्के यही पुष २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । जसमा नायिका शर्माको समेत अभिनय छ । क्रिस्टिना भने अहिले प्रेमीसँग नर्वेमा छिन् । ऋचासँगको बिबाद केही समय अगाडी फोटोसुट गर्दाको भएको बताइएको छ ।

For More videos Log on to Mazzako TV